एघारौं पोखरा महोत्सवको तयारी, ३७ उपसमिति गठन
पाेखरा | मंसिर १९, २०७९
पोखराः एघारौं संस्करणको पोखरा महोत्सव २०७९ भब्यताका साथ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ ।
युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भब्य ढंगले सम्पन्न गर्नका लागी युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरि संयोजक तोकिएको हो ।
हालै सम्पन्न बैठकले मुल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुक बहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरिएको छ ।

त्यसैगरी अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्त बाहादुर थापा, झांकी ¥याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुङ, स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली लाई चयन गरिएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाइ ब्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा ब्यवस्थापन उपसमिति संयोजकमा बिजय कार्की, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा शुसिलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन ब्यवस्थापन उपसमिति संयोजकमा गोबिन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार ब्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बिमा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई चयन गरिएको छ ।
त्यसैगरी ट्राफिक ब्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किङ ब्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठ पोषण उपसमिति संयोजकमा रिम बहादुर क्षेत्री, विद्युतिय ब्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य ब्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतिय सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता राना मगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।
त्यसैगरी क्लवको बैठकले पोखरा महोत्सव २०७९ को लागि विभिन्न सल्लाहकारहरु चयन गरेको छ । महोत्सव सल्लाहकारहरुमा सम्मर बहादुर श्रेष्ठ, क्या. फत्ते बहादुर गुरुङ, पवित्रादेवी गुरुङ, श्याम कृष्ण श्रेष्ठ, विश्व प्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, सेती थापा, मेजर हितमान गुरुङ, लिला जिसी, सन्तोष बास्तोला (अध्यक्ष वडा नं. १२), राजेश गुरुङ (अध्यक्ष वडा नं. १०), किरण बराल (अध्यक्ष वडा नं. १३), तोरण बानिया (अध्यक्ष वडा नं. १५), प्रेम कर्माचार्य (अध्यक्ष वडा नं. ११), बोधराज कार्की (अध्यक्ष वडा नं. १४), प्रेम छिरि शेर्पा, भरत केसी, राजेन्द्र बहादुर कार्की, शिव बहादुर वराल, तेज बहादुर गुरुङ, कृष्ण कुमारी थापा, सु. जस बहादुर गुरुङ, दिपक बहादुर थापा, गुप्त बहादुर कार्की, दया बराल, दान बहादुर गुरुङ र शंकरनाथ पौडेल रहेका छन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

